१९ माघ, २०८१ शनिबार

06:46:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ललितपुर महानगरपालिकाले पानीपुरी र चटपटे बिक्रिमा लगायो रोक

Nepal Business

१२ असार, २०७९

 ललितपुर महानगरपालिकाले पानीपुरी र चटपटे बिक्रिमा लगायो रोक

काठमाण्डौं । ललितपुर महानगरपालिकाले महानगर एक सातासम्मका लागि पानीपुरी र चटपटे बिक्रीमा रोक लगाइएको छ । पछिल्लो समय काठमाण्डौं उपत्यकामा हैजाका बिरामीहरु भेटिएको र हैजा दुषित पानीको कारणले भएको निष्कर्षपछि महानगरले एक साताका लागि पानीपुरी र चटपटे बिक्रीमा रोक लगाएको हो ।

ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको जनाएको छ । 

नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको बताउनुभयो । 

कतिपयले जारको भन्दै धाराको दूषित पानी खुवाउने गरेको पाइएको महानगरले जनाएको छ ।
हालका लागि सडकमा पानीपुरी र चटपटे बेच्न रोक लगाइएको हाछेँथुले बताउनुभयो । महानगरले माइकिङ गर्दै २९ वटै वडामा जनचेतना फैलाउने काम गरिरहेको छ । 

स्वास्थ्यमा प्रतिकूल असर गर्ने क्रियाकलाप नियन्त्रण गर्नु आफ्नो कर्तव्य भएको महानगरले जनाएको छ ।