१९ माघ, २०८१ शनिबार

08:34:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित

१२ असार, २०७९

गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित

काठमाडौं । गणकपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक  स्थगित गरिएको छ । आइतबार बसेको बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने क्रममा सांसद झपटबहादुर रावलले गणकपुरक संख्या एकिन गर्न माग गर्नुभएको थियो ।

यसपछि गणकपुर संख्या भए नभएको एकीन गर्ने क्रममा संख्या नपुगेको पुष्टि भएपछि सभामुख अग्निप्रसाद सापकोटाले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको हो । कुनै पनि प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा एक चौथाइ सदस्य अर्थात ६९ जना सदस्य आवश्यक पर्नेमा ६३ जनामात्र उपस्थित देखिएकाले आधा घण्टाका लागि बैठक स्थगित भएको सभामुख सापकोटाले बताउनुभयो ।