१९ माघ, २०८१ शनिबार
08:46:48 PM
१२ असार, २०७९
काठमाण्डौं । अख्तियार दुरुपयोग आयोगले रौतहटका तत्कालीन र हालका नगरप्रमुख गोपाल राय यादवसहित २१ जना विरुद्ध हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दागर गरेको छ ।
आइतबार आयोगले रौतहट, फतुवा विजयपुर नगरकार्यपालिका रौतहटका तत्कालीन र हालका नगरप्रमुख गोपाल राय यादव, उप–प्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरु, बडा अध्यक्षहरु र नगर कार्यपालिका सदस्यहरु समेत २१ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाण्डौंमा मुदा दायर गरेको हो ।
यस्तै नापी कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत अमिन टेक बहादुर रायमाझी उपर बिगो ३० हजार कायम गरी घुस÷रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरिएको छ ।