७ मंसिर, २०८१ शुक्रबार
01:27:47 PM
१२ असार, २०७९
काठमाण्डौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्ताव छानविनका लागि समितिमा पठाउनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकको शुन्य समयमा अधिकारीले महाभियोगको प्रस्ताव समितिमा नलैजानु असक्षमता भएको भन्दै यसको साक्षि प्रतिनिधिसभा हुन नहुने बताउनुभयो ।
उहाँले उक्त प्रस्तावलाई समितिमा लगेर छानविन र सुनुवाई गर्नुपर्ने अन्यथा संविधानको चरम दुरुपयोग भएको ठहर हुने तर्क गर्नुभयो । प्रधानन्यायधिश सिंहदरबारको एउटा र सर्वोच्चको अर्को भन्ने जनगुनासो रहेको उहाको भनाई छ ।
प्रधानन्यायाधीश जबरामाथिको सत्तारुढ गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । तर त्यसको थप प्रक्रिया भने अघि बढ्न सकेको छैन । महाअभियोग प्रस्ताव दर्ता भएसंगै जबरा निलम्वनमा हुनुहुन्छ ।