७ मंसिर, २०८१ शुक्रबार

01:22:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राजनीतिक नियुक्तलाई अन्त्य गर्नुपर्छः कानूनमन्त्री कोइराला

Nepal Business

१२ असार, २०७९

राजनीतिक नियुक्तलाई अन्त्य गर्नुपर्छः कानूनमन्त्री कोइराला

काठमाण्डौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले न्यायपालिकाभित्र हुने राजनीतिक नियुक्तलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कोईरालाले विभिन्न प्रतिवेदनका आधारमा न्यायपालिकाभित्र राजनीतिक नियुक्ती हावी हुने देखिएकाले यसलाई अन्त्य गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले न्यायाधीशको नियुक्ति राजनीतिक भागबण्डाभन्दा पनि निष्पक्ष र स्वतन्त्र रुपमा योग्यता तथा क्षमताका आधारमा हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले न्याय प्रणालीलाई सर्वसुलभ बनाउने र न्यायमा समान पहुँचका निम्ति सरकारले कानूनी सहायता कार्यक्रमलाई लामो समयदेखि सञ्चालन गर्दै आएको बताउनुभयो ।

उहाँले केहिदिन अघि न्यायधिशको अडियो प्रकरण सार्वजनिक भएलगतै छानविन समिति गठन गरिएको जानकारी दिनुभयो ।

यस्तै विनियोजन विधेयकमाथि आफ्ना मन्त्रालयमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पाठ्यपुस्तकको अभाव हटाउनका लागि नियमित अनुगमन भइरहेको जानकारी दिनुभयो ।

विद्यालय शिक्षा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र सीप विकास र उच्च शिक्षा सुधारमा जोड दिएको उहाँले बताउनुभयो । उहाँले देशका लागि आवश्यक जनशक्ति उत्पादनका लाग पनि सीपमुलुक शिक्षाको आवश्यकतामा जोड दिनुभयो ।