७ मंसिर, २०८१ शुक्रबार
01:11:35 PM
१२ असार, २०७९
काठमाण्डौं । सभामुख अग्नि सापकोटाले नागरिकता लगाएतका महत्वपूर्ण विधेयकहरु संसदको चालु अधिवेशनबाट पारित गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार संसदीय मामिला पत्रकार समाजले काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा सभामुख सापकोटाले नागरिकता विधेयक अड्किएका कारण धेरै गुनासो आएको भन्दै नागरिकता लगाएतका प्रतिस्थापन विधेयक चालु अधिवेशनबाट पास गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले गुणस्तरीय कानुन बनाउनु मुख्य दायित्व भएको र देशको सुशासन कायम गर्ने कानुन निर्माण गर्ने बाहेक कुनै स्वार्थ नरहेको धारणा राख्नुभयो ।
भ्रष्टचार भनेको कुनै बजेट र आर्थिकँंग मात्रै सम्बन्धित कुरा मात्रै नभएको भन्दै उहाँले सुशासन कायम गर्दै सवै क्षेत्रमा हुने भ्रष्टचार नियन्त्रण गर्नुपर्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा सभामुख सापकोटाले संसदीय समिति अभ्यास, पहिलो संसददेखि संघीय संसदसम्म पुस्तक बिमोचन गर्नुभएको थियो ।