२० बैशाख, २०८१ बिहिबार

11:14:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

११ महिनामा १६ अर्ब २० करोड बढीको फलफूल नेपाल भित्रियो, सबैभन्दा बढी स्याउ आयात

१२ असार, २०७९

उक्त अवधिमा नेपालले ६ अर्ब ६५ करोड ११ लाख ९९ हजार रुपैयाँका स्याउ र २ अर्ब ४२ करोड ७० लाख १६ हजार रुपैयाँको अङ्गुर आयात गरेको छ ।

११ महिनामा १६ अर्ब २० करोड बढीको फलफूल नेपाल भित्रियो, सबैभन्दा बढी स्याउ आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट नेपालमा १६ अर्ब २० करोड ७५ लाख ५० हजार रुपैयाँको फलफूल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्ममा विभिन्न देशबाट नेपालमा उक्त रकम बराबरको फलफूल नेपाल आयात भएको हो ।

उक्त अवधिमा नेपालले ६ अर्ब ६५ करोड ११ लाख ९९ हजार रुपैयाँका स्याउ र २ अर्ब ४२ करोड ७० लाख १६ हजार रुपैयाँको अङ्गुर आयात गरेको छ । त्यस्तै, १ अर्ब ५७ करोड ४७ लाख ५३ हजार रुपैयाँको केरा नेपाल भित्रिएको छ । सोही अवधिमा १२ करोड ४ लाख ६२ हजार रुपैयाँको भुँइकटहर नेपालले आयात गरेको छ ।

पछिल्लो ११ महिनामा नेपालले ६ करोड ९१ लाख रुपैयाँको एभोकार्डो, ७१ करोड ७५ लाख ९४ हजार रुपैयाँको आँप र अम्बा, १ अर्ब २४ करोड ८६ लाख २१ हजार रुपैयाँको सुन्तला आयात गरेको छ । विभागको तथ्याङ्क अनुसार सोही समयमा ५१ करोड ३१ लाख ९१ हजार रुपैयाँको खरबुजा, २३ करोड ४०लाख २ हजार रुपैयाँको मेवा र ६ करोड २२ लाख ६९ हजार रुपैयाँको किवी नेपाल भित्रिएको छ ।

बितेको ११ महिनामा १ अर्ब ९ करोड ३ लाख ९८ हजार रुपैयाँको अनार र ३ करोड ८७ लाख ६६ हजार रुपैयाँको लिची पनि नेपाल भित्रिएको विभागले जनाएको छ ।