१९ माघ, २०८१ शनिबार
08:37:49 PM
१२ असार, २०७९
काठमाण्डौं । पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै अब सार्वजनिक सवारी साधानको भाडा घट्ने भएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले आइतबार नै लागू हुने गरी सार्वजनिक सवारी साधनको नयाँ भाडादर कायम गरेर सार्वजनिक गर्ने तयारी गरेको हो ।
विभागको कार्यालय अनुसार अन्तर प्रदेशमा चल्ने सवारीको नयाँ भाडादर सार्वजनिक गरिने बताइएको छ भने काठमाण्डौं उपत्यकाको भाडादर समायोजनको जिम्मा भने प्रदेश यातायात कार्यालयको रहेको छ ।
सरकारले हिजो शनिबारका दिन पेट्रोलियम पदार्थको मूल्य घटाएकाले विभागले आजमात्र समायोजनबारे निर्णय गर्न लागेको छ । यसअघि असारको पहिलो हप्ता पेट्रोल र डिजेल तथा मट्टितेलमा भारी मात्रामा मूल्यवृद्धि भएपछि विभागले असार ६ गते सवारी साधनको भाडा वृद्धि गरेको थियो ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसी पेट्रोलियम पद्धार्थको मुल्यमा भारी कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो । त्यस लगत्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पत्रकार सम्मेलन गरेर पेट्रोलियम पद्धार्थको मुल्य घटाएको घोषणा गर्नुभएको थियो ।