६ मंसिर, २०८१ बिहिबार

06:58:21 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘गण्डकी प्रदेशको समृद्धिमा निजी क्षेत्रको सहयोग महत्वपूर्ण’

Nepal Business

११ असार, २०७९

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले निजी क्षेत्रको सक्रिय सङ्लग्नताबिना विकास सम्भव नभएको बताउनुभयो

‘गण्डकी प्रदेशको समृद्धिमा निजी क्षेत्रको सहयोग महत्वपूर्ण’

गण्डकी,
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने सपना साकार पार्नका लागि निजी क्षेत्रको सहयोग महत्वपूर्ण हुने बताउनुभएको छ ।

‘समृद्ध गण्डकी प्रदेशः सम्भावना र चुनौती’ विषयमा आर्थिक मिडिया र बेदव्यास क्रिएशनले शनिबार पोखरामा आयोजना गरेकोे ‘गण्डकी आर्थिक बहस–२०७९’ मा उहाँले समृद्धिका लागि सरकार आफ्नो स्रोत, साधन र क्षमताले भ्याएसम्म लागिपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “समृद्ध गण्डकी प्रदेश बनाउने सरकारको सपनामा निजी क्षेत्रको सहयोग मुख्य रहन्छ, सरकार निजी क्षेत्रलाई सहयोग गर्न सधँै प्रतिबद्ध छ, देशको अर्थतन्त्रको ८० प्रतिशत निजी क्षेत्रमा आधारित रहेकाले यो क्षेत्र जबसम्म जुर्मुराउँदैन तबसम्म सरकार अगाडि बढ्न सक्दैन ।”

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले निजी क्षेत्रको सक्रिय सङ्लग्नताबिना विकास सम्भव नभएको बताउनुभयो । प्रदेश सरकारले बनाएका नीति, नियम तथा कानुन आर्थिक गतिविधिलाई चलायमान बनाउन र निजी क्षेत्रको प्रवद्र्धनका लागि रहेको उहाँको भनाइ छ ।