७ मंसिर, २०८१ शुक्रबार

01:01:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मन्त्री हेरफेरविरुद्ध उभिएका १० मध्ये ६ जनाको हस्ताक्षर फिर्ता

Nepal Business

११ असार, २०७९

नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु हेरफेर गर्ने विषयलाई केही सयम अगाडिदेखि उठाएको थियो ।

मन्त्री हेरफेरविरुद्ध उभिएका १० मध्ये ६ जनाको हस्ताक्षर फिर्ता

काठमाण्डौं । मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एकीकृत समाजवादीका १० मध्ये ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु हेरफेर गर्ने विषयलाई केही सयम अगाडिदेखि उठाएको थियो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसहित ६ जना सांसदले शुक्रबार पार्टी नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाउँदा दिएको पत्रबाट आफ्नो हस्ताक्षर फिर्ता लिनु भएको हो।

पार्टी नेतृत्वले विगतमा कमजोरी भएको र अब सच्याउने प्रतिवद्धता जनाएपछि आफूहरुले हस्ताक्षर फिर्ता लिएको सांसद गोपाल बमले बताउनु भयो ।  

हस्ताक्षर फिर्ता लिनेमा आलेसँगै धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकी रहेका छन् ।