७ मंसिर, २०८१ शुक्रबार

08:09:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१९ गाउँपालिकाले अझै ल्याएनन् बजेट, ६ गाउँपालिका सम्पर्कमै छैनन्

Nepal Business

११ असार, २०७९

देशभर ४६० गाउँपालिका रहेकोमा ९५ प्रतिशतले तोकिएकै समयमा बजेट ल्याएका छन्।

१९ गाउँपालिकाले अझै ल्याएनन् बजेट,  ६ गाउँपालिका सम्पर्कमै छैनन्

काठमाण्डौं । सरकारको संघीय बजेट आइसकेपछि प्रदेश हुँदै स्थानीय तहको बजेट ल्याउने प्रचलन छ । हालसम्म देशभरका ४३५ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । देशभर ४६० गाउँपालिका रहेकोमा ९५ प्रतिशतले तोकिएकै समयमा बजेट ल्याएका छन्।

 हालसम्म देशभरका ४३५ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

गाउँपालिका राष्ट्रिय महानसंघ नेपालका अनुसार १९ वटा गाउँपालिकाले बजेट पेस गरेका  छैनन् भने ६ वटा गाउँपालिका हालसम्म सम्पर्कमै छैनन् ।

बजेट पेस नगर्नेमा मधेश प्रदेशका १२, लुम्बिनिका ३, बागमतीका २ र कर्णाली र सुदूरपश्चिमका २/२  वटा गाउँपालिका रहेका छन् । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका २/२  वटा गाउँपालिका भने सम्पर्कमै नआएको महासंघले जनाएको छ ।

असारको १० गतेभित्र बजेट पेस गरिसक्नु पर्ने संवैधानिक र संघीय कानुनमा व्यवस्था छ । बजेट नल्याएका गाउँपालिकाले पनि केही दिनमै सभा गरी बजेट ल्याउने महासंघले जनाएको छ ।