७ मंसिर, २०८१ शुक्रबार

08:02:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाण्डौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोड ९६ लाख, पूर्वाधार विकासमा कूल बजेटको ४९.५७ प्रतिशत

Nepal Business

१० असार, २०७९

नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकारी दिनुभयो ।

काठमाण्डौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोड ९६ लाख,  पूर्वाधार विकासमा कूल बजेटको ४९.५७ प्रतिशत

काठमाण्डौं  । काठमाण्डौं  महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ ।

नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकारी दिनुभयो ।  यो कुल बजेटको २० प्रतिशत हो ।

त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ । जुन कूल बजेटको ४९.५७ प्रतिशत रहेको छ । पूर्वाधार विकासमा महानगरको सबैभन्दा ठूलो बजेटको अंश रहेको छ ।