७ मंसिर, २०८१ शुक्रबार

07:59:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ललितपुर महानगरपालिकाको बजेट ६ अर्ब ३५ करोड ३५ लाख, कल सेन्टरलाई बजेटमै समेटियो

Nepal Business

१० असार, २०७९

ललितपुर महानगरले कल सेन्टर चलाउने नीति तथा बजेटमा रहेको छ ।

ललितपुर महानगरपालिकाको बजेट ६ अर्ब ३५ करोड ३५ लाख,  कल सेन्टरलाई बजेटमै समेटियो

ललितपुर । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रमपछि बजेट आएको हो ।

ललितपुर महानगरले कल सेन्टर चलाउने नीति तथा बजेटमा रहेको छ । यस्तै महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरु कम्तिमा २ वर्षसम्म खन्न स्वीकृती नदिने महानगरले लिएको छ ।

यसैगरी, ललितपुर महानगरपालिकाले उपभोक्ता समितिबाट निर्माण गराउँदा विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने नीतिमा लिइएको छ ।