२० बैशाख, २०८१ बिहिबार

11:31:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जेठ महिना नेपालमा हालसम्मकै उच्च ६१ करोड ६७ लाख बढीको सुर्तीजन्य वस्तु आयात

१० असार, २०७९

नेपालले ११ महिनाको अवधिमा ३ अर्ब बढीको सुर्तीजन्य वस्तु आयात गर्दा जेठ महिनामा मात्रै ६१ करोड ६७ लाख ९७ हजार रुपैयाँको आयात भएको छ ।

जेठ महिना नेपालमा हालसम्मकै उच्च ६१ करोड ६७ लाख बढीको सुर्तीजन्य वस्तु  आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा नेपालमा सुर्तीजन्य वस्तु आयात हालसम्मकै उच्च भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपालले ३ अर्ब ३९ करोड ६१ हजार रुपैयाँ बराबरको सुर्तीजन्य वस्तु आयात गरेको छ । यो अन्य महिनाको तुलनामा जेठ महिनामा सबैभन्दा बढी सुर्तीजन्य वस्तु आयात भएको हो ।

उक्त सुर्तीजन्य वस्तुबाट सरकारले ३ अर्ब २३ करोड ६५ लाख ५४ हजार रुपैयाँ राजस्व महशुल संकलन गरेको विभागको तथ्याङ्कले देखाउँछ । नेपालले ११ महिनाको अवधिमा ३ अर्ब बढीको सुर्तीजन्य वस्तु आयात गर्दा जेठ महिनामा मात्रै ६१ करोड ६७ लाख ९७ हजार रुपैयाँको आयात भएको छ । जुन हालसम्मकै बढी हो ।

विभागको तथ्याङ्कअनुसार यसभन्दा अगाडिका महिनाहरूमा ३० करोडको हाराहारीमा आयात हुँदै आएको थियो । वैशाखमा नेपालले ३४ करोड ८८ लाख ११ हजार रुपैयाँ र चैतमा २१ करोड २१ करोड ६३ लाख १९ हजार रुपैयाँको आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी, फागुनमा १३ करोड ३४ लाख १६ हजार, माघमा ४३ करोड ४५ लाख ७८ हजार, पुसमा ४७ करोड ३१ लाख १५ हजार, मंसिरमा ३१ करोड २६ लाख ७८ हजार, कात्तिकमा १७ करोड ९२ लाख ५२ हजार, असोजमा २९ करोड ३० लाख ८९ हजार, भदौमा २५ करोड ६८ लाख ८० हजार र साउनमा १२ करोड ५३ लाख २६ हजार रुपैयाँको सुर्तीजन्य वस्तु आयात गरेको थियो । सो तथ्याङ्क हेर्दा जेठमा विगतको महिनाको तुलनामा दोब्बरले बढेको देखिन्छ ।