१९ माघ, २०८१ शनिबार
08:40:07 PM
१० असार, २०७९
व्यापार प्रवाहको पहिचानमा सक्रिय भएर लागेको बताउँदै उहाँले ब्रिक्स देशलाई प्राथमिकता दिएको बताउनु भएको छ ।
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भरपर्दो अन्तर्राष्ट्रिय व्यापार साझेदारसँग व्यापारमार्ग पुनर्संरचना गरिरहेको बताउनु भएको छ। उहाँले भरपर्दो साझेदार भनेका देशहरुमा चीन, भारत, ब्राजिल र दक्षिण अफ्रिका रहेका छन् ।
पश्चिमा देशले रुसी अर्थतन्त्रविरुद्ध धावा बोलिरहेका बेला पुटिनले यस विषयलाई सार्वजनिक गर्नु भएको हो । उहाँले व्यापार प्रवाहको पहिचानमा सक्रिय भएर लागेको बताउँदै ब्रिक्स देशलाई प्राथमिकता दिएको बताउनु भएको छ ।
ब्रिक्स सम्मेलनको भर्चुअल कार्यक्रममा सहभागी हुँदै उहाँले सुरुवाती धारणा सार्वजनिक गरेको बताइएको छ । ब्रिक्स पाँच विकासोन्मुख देशको अनौपचारिक समूह हो ।
पुटिनका अनुसार रुस र ब्रिक्स देशबीचको व्यापार यो वर्षको पहिलो तीन महिनामा ३८ प्रतिशतले बढेर ४५ अर्ब अमेरिकी डलरको पुगेको छ । रुसी व्यावसायिक घेरा र ब्रिक्स देशबीचको सम्पर्क पनि बाक्लो हुँदै गएको उहाँले बताउनु भयो ।
उहाँले भारतको उदाहरण दिँदै रुसमा भारतीय चेन स्टोरहरु खुल्ने क्रममा रहेको बताउनु भएको थियो। यसैगरी, चीनको कार, सामग्री र हार्डवेयरको रुसी बजार हिस्सा समेत बढिरहेको पुटिनको दावी छ ।
रुसले पनि चीन र भारतमा तेल निर्यात बढाइरहेको उहाँको भनाइ छ । मे महिनामा चीनले रुससँग हालसम्मकै उच्च परिमाणमा तेल आयात गरेको छ । यसबाहेक उनले पाँच देशका बैंकहरुसँग रुसको वित्तीय प्रणाली जोड्न खुल्ला रहेको सन्देश दिएका थिए ।
यसो गर्दा डलर वा युरोसँगको निर्भरता हटाउन सकिने उहाँको भनाइ थियो । उहाँले पश्चिमा देशविरुद्ध बजार अर्थतन्त्रको आधारभूत सिद्धान्तलाई लत्याएको आरोप समेत लगाउनु भएको थियो ।