२२ फागुन, २०८१ बिहिबार
05:40:10 PM
१० असार, २०७९
शासकीय अधिकृत शिवराज सेढाईं विरुद्ध १ करोड २० लाख २८ हजार ९० रुपैयाँ र न्यू पाथिभरा सप्लायर्स, हेटौंडा–४, मकवानपुरकी प्रोपाइटर मीनाकुमारी श्रेष्ठविरुद्ध १ करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ भ्रष्टाचार
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जितपुर सिमरा उपमहानगरपालिका दुई वटा छुट्टाछुट्टै सप्लायर्स विरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं र मकवानपुरकी प्रोपाइटर मीनाकुमारी श्रेष्ठविरुद्ध विशेष अदालत काठमाण्डौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं विरुद्ध १ करोड २० लाख २८ हजार ९० रुपैयाँ र न्यू पाथिभरा सप्लायर्स, हेटौंडा–४, मकवानपुरकी प्रोपाइटर मीनाकुमारी श्रेष्ठविरुद्ध १ करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ भ्रष्टाचार विरुद्ध आयोगले शुक्रबार मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सेढाईविरुद्ध पसाहा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री गरेको आरोपमा उनी विरुद्ध ९९ लाख ९९ हजार ९९९ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
यस्तै ओम सप्लायर्सले ठेक्का सम्झौता अनुरुपको कार्य नगरी गैरकानूनी रुपमा उत्खनन् गरी विक्रीवापतको रकम नुबझाएको भन्दै सप्लायर्सका प्रोपाइटर ओम शंकर प्रसादविरुद्ध १ करोड ३८ लाख ९९ हजार ९९८ रुपैयाँ मुद्दा दायर गरेको आयोगको विज्ञप्तीमा उल्लेख छ ।