२१ बैशाख, २०८१ शुक्रबार

12:49:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

११ महिनामा नेपालमा ३२ अर्ब ६९ करोड ९४ लाख बढीको सुन आयात, कहाँबाट आउँछ सुन ?

१० असार, २०७९

११ महिनामा ४६ लाख ५३ हजार ग्राम (४ हजार ६५३ केजी) सुन विभिन्न देशबाट नेपाल भित्रिएको छ ।

११ महिनामा नेपालमा ३२ अर्ब ६९ करोड ९४ लाख बढीको सुन आयात, कहाँबाट आउँछ सुन ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ३२ अर्ब ६९ करोड ९४ लाख १८ हजार रुपैयाँको सुन आयात  भएको छ । भन्सार विभागका अनुसार  चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट नेपालमा उक्त मूल्य बराबरको सुन आयात भएको हो ।

विभागका अनुसार ११ महिनामा ४६ लाख ५३ हजार ग्राम (४ हजार ६५३ केजी) सुन विभिन्न देशबाट नेपाल भित्रिएको छ । उक्त सुन २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपाल भित्रिएको हो ।

उक्त आयात भएको सुनबाट सरकारले ३ अर्ब ९५ करोड ५० लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७।७८ कोभन्दा  चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपाल बढी सुन भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको ३ हजार ९२४.५ केजी सुन नेपाल भित्रिएको थियो ।

गत ११ महिनामा नेपालले तीन देश– युनाइेटड अरब इमिरेट्स (युएई), टर्की र स्वीट्जरल्याण्डबाट सुन आयात गरेको छ । नेपालमा सबैभन्दा बढी सुन युएईबाट आयात हुने गरेको छ ।

युएईबाट चालु आर्थिक वर्षको पहिलो ११ महिनामा २६ अर्ब २ करोड ५६ लाख ५७ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ । सोही अवधिमा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ र स्वीट्जरल्याण्डबाट ७४ करोड ५० लाख १२ हजार रुपैयाँको सुन नेपाल आएको छ ।