७ मंसिर, २०८१ शुक्रबार
07:41:59 PM
१० असार, २०७९
आयोगले निर्वाचनको तयारी गरिरहेको जानकारी दिँदै सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरि भूमिका खेल्न उहाँले आग्रह गर्नुभयो।
काठमाण्डौं । प्रमुख निर्वाचन आयुक्त थपलिया दिनेश थपलियाले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी आयोग तयारी गरिरहेको जानकारी दिनु भएको छ।
उहाँले महिला तथा सामाजिक समितिको बैठकमा आयोगले निर्वाचनको तयारी गरिरहेको जानकारी दिँदै सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरि भूमिका खेल्न आग्रह गर्नुभयो।
स्थानीय तह निर्वाचन ऐनले प्रमुख उपप्रमुखमा ५० प्रतिशत महिला सहभागिताको कुरा गरे पनि एक पदमा मात्र उम्मेद्वारी दिँदा जो भए पनि हुने व्यवस्था भएकाले स्थानीय चुनावमा ५० प्रतिशत महिला सहभागिता हुन नसकेको बताउनु भयो ।
अब समानुपातिक सहभागिताको विषयमा केही कानुनी र व्यवहारिक कुराहरू मिलाउँदा संविधानको मर्म अनुसार नै हुने दाबी उहाँले गर्नुभयो । कुनै एक पदमा मात्रै उम्मेदवारी दिए महिलाको नै मनोनयन दर्ता गराउनु पर्ने व्यवस्था गर्नुपर्छ, त्यसका लागि आयोगलाई सबैले सहयोग गर्नुपर्ने विषयमा थपलियाले जोड दिनुभयो ।
निर्वाचन महँगो खर्चिलो र भड्किलो हुनु नैतिकताको विषय रहेको भन्दै थपलियाले चुनाव खर्चिलो र भड्किलो भयो भनेर आयोगको आलोचना भइरहेको छ । यसमा आयोगलाई गाली गर्नुपर्ने कुनै विषय नरहेको उहाँले बताउनु भयो ।
आफैं खर्चको सिमा तय गर्ने, आफैं कानून बनाउने, तर आफैं नियम पालना नगर्ने ? उल्टै आयोगको मात्र आलोचना गरिरहन उपयुक्त नभएको भन्दै आयोग कम खर्चिलो चुनाव गराउन तयार रहेको पनि उहाँले बताउनुभयो ।