२२ फागुन, २०८१ बिहिबार

05:56:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर हटाउन कांग्रेस नेता कोइरालाको सुझाव

१० असार, २०७९

पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर हटाउन कांग्रेस नेता कोइरालाको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई सुझाव दिनुभएको छ । उहाँले जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाईराख्न कर नलिन सरकारलाई सुझाव दिनुभएको हो ।

अन्तर्राष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघट्दासम्म यस्तो व्यवस्था कायम राख्नुपर्ने उहाँको भनाइ छ । भन्सार र प्रज्ञापन शुल्क आधा मात्र लिन र बाँकी कर हटाउन पनि अनुरोध गर्नु भएको छ ।

कोइरालाले ट्वीट गर्दै भन्नुभएको छ, ‘जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मुल्यमा लाग्ने पूर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भन्सार र प्रज्ञापन शुल्क रु २५.२३ को आधा रु १२.६२ गरी जम्मा रु २६.६२ प्रति लिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघटदा सम्म नलिने निर्णय गरोस।’