२२ फागुन, २०८१ बिहिबार
05:38:13 PM
९ असार, २०७९
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ३३ जना र १२ सय ६० जनाको एन्टीजेन परीक्षणमा १६ जना गरी थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १६३ जना सक्रिय संक्रमित रहेका छन् ।