११ मंसिर, २०८१ मंगलबार

01:47:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मन्त्री फेर्ने निर्णय छिटै कार्यान्वन हुनेः एकीकृत समाजवादी

Nepal Business

९ असार, २०७९

मन्त्री फेर्ने निर्णय छिटै कार्यान्वन हुनेः एकीकृत समाजवादी

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)ले मन्त्री फेर्ने निर्णय छिटै कार्यान्वन हुने जनाएको छ । बिहीबार काठमाण्डौंमा बसेको सचिवालयको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री फेर्ने निर्णय कार्यान्वयन केही घण्टामै हुने दाबी गर्नुभयो ।

उहाँले केही दिनहरु नभइ घण्टाहरुको अन्तरमा मन्त्री हेरफेरमा लागेको उहाको भनाई छ । प्रवक्ता खतिवडाले पार्टी निर्णय नै अन्तिम निर्णय हुने भएकाले एकीकृत समाजवादीमा मन्त्री हेरफेर हुन लागेको जिकिर गर्नुभयो ।

खतिवडाले मन्त्रीहरूले पार्टी निर्णय मान्नका लागि कुनै एक व्यक्तिको सर्तले असर नपर्ने बताउनुभयो । बैठकमा शुक्रबारबाट सुरु हुने पोलिटब्यूरो बैठक ११ गते केन्द्रीय कमिटी र १३ र १४ केन्द्रीय परिषद्को बैठकका बिषयमा छलफल भएको थियो ।