२२ फागुन, २०८१ बिहिबार

05:22:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गाँजा खेतीसम्बन्धीको विधेयक छलफलमा ल्याइयोस्ः सांसद तामाङ

Nepal Business

९ असार, २०७९

शेरबहादुर तामाङले विसं २०७६ फागुन १० गते नै उक्त विधेयक सदनमा दर्ता गर्नुभएको थियो ।

गाँजा खेतीसम्बन्धीको विधेयक छलफलमा ल्याइयोस्ः सांसद तामाङ

काठमाण्डौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियम तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल छलफलमा ल्याउन माग गर्नुभएको छ ।

उहाँले नै विसं २०७६ फागुन १० गते नै उक्त विधेयक सदनमा दर्ता गर्नुभएको थियो । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा उहाँले दर्ता विधेयकको कपी चार दिनभित्र सांसदहरूलाई दिनुपर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वनय हुन नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

विधेयक दर्ता भएको दुई वर्ष पाँच महिना १६ दिन बितिसकेको उल्लेख गर्दै उहाँले छलफलमा नल्याएर जनप्रतिनिधिको अधिकार हनन गरिएको बताउनुभयो ।

उहाँले गाँजा औषधिजन्य वनस्पति भएको प्रमाणित भइसकेको र एचआइभी, क्यान्सरलगायत धेरै रोगको पीडा कम गर्ने औषधि हुनसक्ने भएकाले गाँजा खेतीलाई वैधानिक बनाउनेतर्फ अघि बढ्न आग्रह गर्नुभयो ।

उहाँले सांसदले उठाएका र समितिले दिएका निर्देशन ८ प्रतिशतभन्दा बढी कार्यान्वयन नदेखिएको भन्दै सांसदले उठाएका विषय संसद्ले कति कार्यान्वनय ग¥यो भनी प्रश्न गर्नुभयो । 

सांसद तामाङले मुलुकका रोजगारीको सिर्जना हुन नसकिरहेको अवस्थामा नेपाली युवा आकाशबाट जाने र बाकसमा आउने दर्दनाक अवस्था रहेको दुःखेसो पोख्नुभयो । यस अवस्थामा उक्त विधेयक पारित भए युवाले रोजगारी पाउने विश्वास व्यक्त गर्नुभयो ।