२२ बैशाख, २०८१ शनिबार

09:54:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल टेलिकमले घटायो इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क

Nepal Business

९ असार, २०७९

नेपाल टेलिकमले घटायो इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क

काठमाण्डौं । नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ। कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो ।

इन्टरनेटको लिज लाइनअन्तर्गत एकदेखि २० एमबिपीएस ब्यान्डविथको महसुल दर अब एक हजार ६०० मात्र कायम गरिएको छ । यसअघि दुई हजार शुल्क रहेकामा टेलिकमले ४ सय रुपैयाँ घटाएको हो ।

यस्तै २१ देखि ५० एमबिपीएसको महसुल दर दुई हजार ३ सय रुपैयाँ रहेकामा एक हजार ६ सय बनाइएको छ ।५१ देखि १ सय एमबिपीएसको दुई हजार १ सय र १ सय एमबिपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल एक हजार ९ सय रहेकामा दुवैको महसुल दर घटाएर एक हजार ५ सय कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार इन्ट्रानेट लिज लाइनअन्तर्गत एकदेखि १० एमबिपीएस व्यान्डविथको महसुल  दुई हजार ७ सय रुपैयाँ रहेकामा दुई हजार ४ सय बनाइएको छ ।

यसैगरी ११ देखि १०० एमबिपीएसको दुई हजार ४ सय रहेकामा दुई हजार १ सय, १ सय एमबिपीएसभन्दा बढीको दुई हजार १ सय रुपैया रहेकामा एक हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ ।

उक्त सेवामा इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता सधँै बराबर रहननाका साथै २४सै घण्टा निरन्तर डेडिकेटेडरूपमा उपलब्ध भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।