२२ फागुन, २०८१ बिहिबार
05:28:40 PM
९ असार, २०७९
काठमाण्डौं । नेपाल वायु सेवा निगमको महाप्रबन्धकको जिम्मेवारी वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई दिएइको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेको मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकको कामकाज गर्ने गरी नियुक्ति दिइएको हो।
यसअघि निगमको अप्रेसन निर्देशक रहेका ज्वारचनले बरिष्ठ क्याप्टेनको हैसियतमा न्यूनतम उडान गर्नेगरी जिम्मेवारी पाउनुभएको हो ।
कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी ज्वारचनलाई दिइएको हो ।
सरकारले निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई हटाइसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारीमाथि छानबिन समिति बनेसँगै निलम्बनमा परेका छन् ।