१० मंसिर, २०८१ सोमबार
06:09:16 PM
९ असार, २०७९
काठमाण्डौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बिहीबार दिउँसो १ बजे संसद भवनमा बस्दैछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ ।
उहाँले उनले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ र लोकसेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता पेस गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।