१८ मंसिर, २०८१ मंगलबार
11:19:45 PM
८ असार, २०७९
करिब २० घनामिटर क्षमताको बायोग्यास निर्माण गरेर बधशाला क्षेत्रमा विद्युत् प्रयोग गर्ने र बढी भएको विद्युत् स्थानीय मानिसलाई प्रदान गरिनेछ
तनहुँ
व्यास नगरपालिका–३ देउराली नगरमा पशु बधशाला निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
व्यास नगरपालिकाले रु १३ लाखको लगानीमा बधशाला निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
व्यास नगरपालिका क्षेत्रमा व्यवस्थित बधशाला नभएका कारण जथाभावी पशुबध गरिँदा दुर्गन्ध फैलिन थालेपछि नगरपालिकाको सक्रियतामा बधशाला निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
व्यास नगरपालिका क्षेत्रमा व्यवस्थित बधशाला नभएका कारण जथाभावी पशुबध गरिँदा दुर्गन्ध फैलिन थालेपछि नगरपालिकाको सक्रियतामा बधशाला निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
नवनिर्मित बधशालामा एकै पटक चार वटासम्म राँगा, भैँसी काट्न मिल्ने क्षमताको रहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।
पशुबध गरेपछि निस्कने फोहरबाट बायोग्यास प्लान्ट निर्माण गर्ने योजना रहेको व्यास नगरपालिका कार्यालयले जनाएको छ ।
करिब २० घनामिटर क्षमताको बायोग्यास निर्माण गरेर बधशाला क्षेत्रमा विद्युत् प्रयोग गर्ने र बढी भएको विद्युत् स्थानीय मानिसलाई प्रदान गरिनेछ । बधशाला क्षेत्रमा मङ्गलबार मात्रै सौन्दर्यता प्रदान गर्ने किसिमका बिरुवा रोपिएको छ ।
म्याङ्गोस्ट्रिक, गोलमोल, असारे र अन्य सिजनल जातका ४२ बिरुवा रोपिएको छ । उक्त बधशालामा सरसफाइ र फूलबारी संरक्षणका लागि पुल्चोक टोल विकास संस्थाको सिफारिसमा व्यास नगरपालिकाले स्थानीय विष्णु विकलाई राखेको व्यास–३ का वडाध्यक्ष अनुप रानाले जानकारी दिनुभयो ।
नगरपालिकाले सधैँ हेरचाह र सरसफाइ गर्न नसक्ने भएकाले उक्त स्थलको हेरचाह र सरसफाइका लागि स्थानीय एक महिलालाई रोजगारी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताउनुभयो ।
दमौली बजार क्षेत्रमा सङ्घमा आबद्ध भई व्यवसाय सञ्चालन गर्दै आएका १०० भन्दाबढी मासु व्यवसायी रहेको मासु व्यवसायी सङ्घ तनहुँका निवर्तमान अध्यक्ष मनबहादुर केसीले जानकारी दिनुभयो ।