१९ माघ, २०८१ शनिबार
09:31:25 PM
८ असार, २०७९
समितिकी सदस्य सचिव एवं परिषदकी सचिव मोना सिंहले स्पष्टीकरणपछि प्रमाण बुझेर थप निर्णय हुने बताइन् ।
काठमाडौं,
कानून व्यवसायी परिषद (बार काउन्सिल)ले नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गर्दै उनलाई उपस्थित हुन म्याद जारी गरेको एक सदस्यले बताउनुभयो ।
घुस लेनदेन डिल गरेको अडियो टेप बाहिरिएपछि बुधबार समितिको बैठक बसेको थियो ।
बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गर्दै उनलाई उपस्थित हुन म्याद जारी गरेको एक सदस्यले बताउनुभयो ।
समितिकी सदस्य सचिव एवं परिषदकी सचिव मोना सिंहले स्पष्टीकरणपछि प्रमाण बुझेर थप निर्णय हुने बताउनुभयो ।
परिषदको अनुशासन समितिमा अध्यक्ष एवं महान्यायाधिवक्ता खम्मबहादुर खाती हुनुहुन्छ । त्यसैगरी सदस्यमा वरिष्ठ अधिवक्ता रजितभक्त प्रधानांग र बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ हुनुहुन्छ ।