१९ माघ, २०८१ शनिबार

09:37:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानसेनापति शर्मा लेवनानपछि सिरियाको भ्रमणमा, १३ गते अमेरिका जाने

Nepal Business

८ असार, २०७९

लेवनानका राष्ट्रपति मिसेलले पर्यावरण संरक्षण र अन्य सामुदायिक परियोजनाहरुमा नेपाली शान्ति सैनिकहरुले पु¥याएको योगदानको खुलेर प्रशांसा गर्नुभएको छ ।

प्रधानसेनापति शर्मा लेवनानपछि सिरियाको भ्रमणमा, १३ गते अमेरिका जाने

काठमाडौँ, अमेरिकाको स्टेट पाटनरसिप प्रोग्राम एसपिपीको चर्चा चलिरहेका बेला यही १३ गते प्रधानसेनापति प्रभुराम शर्मा अमोरिका भ्रमणको कार्यतालिका छ ।

उहाँले लेवनानको भ्रमण गरिसक्नुभएको छ भने आज बुधबार त्यहाँबाट सिरिया प्रस्स्थान गनुृभएको छ ।सिरिया जानु अघि उहाँले बुधबार लेवनानका राष्ट्रपति मिसेल आउनसँग शिष्टाचार भेटघाट गर्नुभएको छ । 

उहाँले लेवनानको भ्रमण गरिसक्नुभएको छ भने आज बुधबार त्यहाँबाट सिरिया प्रस्स्थान गनुृभएको छ ।

सिरिया जानु अघि उहाँले बुधबार लेवनानका राष्ट्रपति मिसेल आउनसँग शिष्टाचार भेटघाट गर्नुभएको छ । 

उक्त भेटघाटका क्रममा राष्ट्रपति आउनले लेवनानमा शान्ति स्थापनाका लागि ३१ जना नेपाली शान्ति सैनिकहरुले गरेको योगदानको प्रशंसा गर्नुका साथै स्थानीय समुदाय र नेपाली शान्ति सैनिकहरु बीचको सम्बन्ध उतकृष्ट रहेको उल्लेख गर्नुभयो  ।

उहाँले पर्यावरण संरक्षण र अन्य सामुदायिक परियोजनाहरुमा नेपाली शान्ति सैनिकहरुले पु¥याएको योगदानको खुलेर प्रशांसा गर्नुभएको छ । 

भेटवार्तामा प्रधानसेनापति शर्माले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट लेवनानका राष्ट्रपति नागरिकलाई पठाउनु भएको सद्भावना सन्देश जानकारी गराउनु भई लेवनानी सरकारले नेपाली शान्ति सैनिकहरुलाई गरेको समर्थन तथा सहयोगका लागि लेवनानी राष्ट्रपतिलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
सिरियाको भ्रमण सकेर प्रधानसेनापति शर्मा अमेरिका भ्रमणमा जाने कार्यतालिका छ ।