१९ माघ, २०८१ शनिबार
09:42:05 PM
८ असार, २०७९
काठमाण्डौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताउनुभएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे बुधबार राष्ट्रियसभा बैठकलाई जानकारी गराउदै बडुले प्रशोधित पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढिररहेकाले नेपालमा पनि मूल्यबृद्धि गर्नुपरेको बताउनुभयो ।
निगमलाई जेठ समान्तसम्म करिब ५० अर्ब घाटा हुन गएको र इन्डियन आयल कर्पोरेसनलाई बुझाउनुपर्ने २२ अर्ब बक्यौता रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले निगमको प्रचलित कानुन, नीति तथा पेट्रोलिम पदार्थको बिक्री सम्बन्धि विद्यमान नियमावली अनुरुप नै बिक्री वितरण गरिएको पनि स्पष्ट पार्नुभयो । कसैलाई नाफा हुने नियतले नभइ कानुन र नीतिगत रुपमा नै मूल्य निर्धारण गरी बिक्री गरिएको उहाँको भनाई छ ।
मन्त्री बडूले नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति प्रणाली सहज, व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनका लागि अध्ययन गर्न उच्चस्तरीय अध्ययन कार्यदल गठन गर्ने निर्णय गरिएको बताउनुभयो ।