१९ माघ, २०८१ शनिबार
09:44:27 PM
८ असार, २०७९
ललितपुर । ललितपुर महानगरपालिकाले भेटरीनरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । बुधबार महानगरले जनावरको अधिकारका लागि लामो समयदेखि काम गरिरहेको संस्था स्नेहाज केयरसँगको सहकार्यमा भेटरीनरी एम्बुलेन्स सेवा सुरु गरेको हो ।
महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बुधबार महानगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा एम्बुलेन्सको साँचो स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।
महर्जनले विभिन्न कारणले घाइते भएका जनावरलाई उपचारका लागि अस्पताल पु¥याउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो एम्बुलेन्स सेवा सुरु गरेको बताउनुभयो ।
यस्तै स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठले बिरामी जनावर बोक्न अब सजिलो हुने बताउनुभयो ।
महानगरले सडकमा रहेका घाइते जनावरलाई अस्पताल पु¥याउन भेटरीनरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।