१९ माघ, २०८१ शनिबार
11:48:32 PM
८ असार, २०७९
काठमाडौं । मोवाइलको आयात घटेको छ । सरकारले ७५ हजारभन्दा बढी मूल्यको फोन आयातमा प्रतिबन्ध लगाएपछि मोबाइल आयात घटेको हो । भन्सार विभागले सार्वजनिक गरेको ११ महिनासम्मको तथ्याङक अनुसार जेठ महिनामा १ अर्ब १२ करोड रुपैयाँ बराबरका मात्रै मोबाइल सेट नेपाल भित्रिएका छन् ।
गत बैशाखमा झन्डै दुई अर्ब बराबरका स्मार्टफोन नेपाल आयात भएका थिए। विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ११ महिनमा विभिन्न देशबाट ३८ अर्ब बराबरको ५५ हजार मोबाइल सेट नेपाल भित्रिएका छन् ।
बैशाख महिनासम्म भने नेपालमा ३६ अर्ब बराबरका मोबाइल आयात भएका थिए । गत आर्थिक बर्ष २०७७/०७८ मा भने ३६ अर्ब ९० करोड रुपैयाँ बराबरको ७० हजार मोबाइल सेट भित्रिएको तथ्याङ्कमा उल्लेख छ ।
जेठ महिनमा सवा १ अर्ब रुपैयाँका २२ हजार सेट मात्रै स्मार्ट फोन आयात भएको तथ्याङकले देखाएको छ । मोबाइल आयात प्रतिबन्धले जेठ महिनामा १३ करोड हाराहारीमा राजस्व घटेको छ । नेपालमा चीन, भारत, भियतनालगायत दुई दर्जन देशहरुबाट मोबाइल आयात हुने गरेका छन् ।