६ जेठ, २०८१ आइतबार

02:46:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कस्तो हो अर्थमन्त्रीले देखेको काठमाडौँको नयाँ 'भर्सन'

२२ पुस, २०७८

कस्तो हो अर्थमन्त्रीले देखेको काठमाडौँको नयाँ 'भर्सन'

२१ पुस । अर्थमन्त्री जनार्दन शर्माले काठमाडौँ सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताउनुभएको छ । लगानी बोर्डको आजको बैठकमा बोल्दै उहाँले विकास काठमाडौँ केन्द्रित भएकाले अर्को सहरको आवश्यकता औँल्याउनुभएको हो ।

उहाँले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्ने पनि बताउनुभयो । उहाँले वर्तमान परिप्रेक्ष्यमा कम्तीमा तीन वटा ठूला सहरको निर्माणको आवश्यकतामा जोड दिनुभयो । “काठमाडौँ सहरको नयाँ भर्सन चाहियो । दूरदराजका ठाउँमा नयाँ काम ग¥यो भने त्यहाँ शहर बन्दो रहेछ”, उहाँले भन्नुभयो, “नेपालका यस्ता तीन वटा ठाउँ खोजेर अगाडि बढायौँ भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ ।”

 

मन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योग लगानी बोर्डले क्षेत्रगत विशिष्टीकरण गरेर गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजना निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।

 

उहाँले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजना अघि सार्न लगानी बोर्डलाई निर्देशन दिनुभयो । त्यस्तै जलविद्युत् क्षेत्रमा तीन वटा ठूला जलविद्युत् आयोजना विशेष प्राथमिकतामा राख्न पनि निर्देशन दिनुभयो । “बूढीगण्डकी, माथिल्लो अरुण र कर्णाली चिसापानी जस्ता ठूला आयोजनामा तपाईंहरूले ध्यान दिनुहोस्”, उहाँले भन्नुभयो ।

 

त्यस्तै उहाँले काठमाडौँ–पोखरा–लुम्बिनीका लागि तीव्र गतिको यातायात पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । यसका लागि अध्ययन गर्नसमेत उहाँले निर्देशन दिनुभयो । “काठमाडौँ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्र्याक वा रेलमार्ग हुनसक्छ । तर द्रूत गतिमा पुग्ने हुनुप¥यो”, उहाँले भन्नुभयो, “यो योजना तपाईंहरूको विशिष्टिकृत योजनामा हुनुप¥यो ।”

 

बैठकमा नेपाल सकारका मुख्यसचिव शङ्करदास वैरागी, अर्थसचिव मधुकुमार मरासिनी, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुनप्रसाद पोखरेल लगायतको सहभागिता थियो ।