१९ माघ, २०८१ शनिबार
11:34:38 PM
७ असार, २०७९
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ८३ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १२४ जना सक्रिय संक्रमित रहेका छन् ।