२३ फागुन, २०८१ शुक्रबार
10:57:07 AM
७ असार, २०७९
कार्यक्रममा खाणले योग र व्यायामले मन र शरीर स्वस्थ बनाउने उल्लेख गर्नुभयो ।
काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाणले व्यस्त जीवनशैलीमा सहज तरिकाले जीवनयापन गर्न योगले मद्दत पुर्याउने बताउनु भएको छ। विज्ञान र प्रविधिको विकासको गतिसँगै मानिसको जीवन व्यस्त हुँदै गइरहेको भन्दै उहाँले योगले सहज तरिकाले जीवनयापन गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नु भएको हो ।
आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित कार्यक्रममा खाणले योग र व्यायामले मन र शरीर स्वस्थ बनाउने उल्लेख गर्नुभयो ।
आर्ट अफ लिभिङको सहकार्यमा भएको योग कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमलगायतको उपस्थिति रहेको थियो।