२१ बैशाख, २०८१ शुक्रबार

08:10:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

११ महिनामा १७ खर्ब ६३ अर्बको आयात, गत वर्षभन्दा २७.५ प्रतिशत बढी

Nepal Business

७ असार, २०७९

११ महिनाको कुल वैदेशिक व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ पुगको छ।

११ महिनामा १७ खर्ब ६३ अर्बको आयात, गत वर्षभन्दा २७.५ प्रतिशत बढी

काठमाण्डौं । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ११ महिना नेपालले विभिन्न मुलुकबाट १७ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको सामान आयात गरेको छ।

आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको ११ महिनामा कुल १३ खबै ८३ अर्ब रुपैयाँ बराबरको सामान आयात गरको थियो। यसैगरी नेपालले चालु आर्थिक वर्षको ११ महिनामा १ खर्ब ८५ अर्बको सामान निर्यात गरेको छ।

निर्यात पनि गत आर्थिक वर्षको भन्दा ५३.३ प्रतिशतले बढी हो। नेपालको ११ महिनाको कुल वैदेशिक व्यापार १९ खर्ब ४९ अर्ब पुगेको छ। कुल वैदेशिक व्यापार पनि २९.५ प्रतिशतले बढेको छ। 

वैदेशिक व्यापार घाटा पनि २५ प्रतिशतले बढेको छ। ११ महिनाको कुल वैदेशिक व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ  पुगको छ।