काठमाण्डौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले इन्धनको मूल्यवृद्धि बाध्यता भएको बताउनु भएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा जवाफ दिने क्रममा मन्त्री बडुले मूल्यवृद्धि बाध्यता भएको बताउनु भयो ।
आयल निगम जेठ मसान्तसम्म ५० अर्ब घाटा रहेको र भारतीय आयल निगमलाई २२ अर्ब बक्यौता रहेको भन्दै मूल्य समायोजन गर्नु परेको जानकारी दिनुभयो ।
अन्तराष्ट्रिय बजारमा मूल्य घट्दा घटाउने र बढ्दा बढाउने गरिएको र त्यसको जानकारी आयल निगमको वेबसाइटमा सार्वजनिक गर्ने गरिएको पनि बताइएको छ ।
उहाँले मूल्य वृद्धि र पेट्रोलियप पदार्थ बिक्री वितरणमा नीति र कानुनअनुसार नै भएको बताउनु भयो ।