१२ साउन, २०८२ आइतबार
10:02:17 PM
७ असार, २०७९
उहाँले १९५८ सालमा गोरखापत्र प्रकाशनमा ल्याएनु भएको थियो ।
काठमाण्डौं । सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।
मन्त्रिपरिषद बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदर स्वरुप जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरिएको जानकारी दिनु भयो । यससँगै नेपालका राष्ट्रिय विभूतिको संख्या १८ पुगेको छ ।
जय पृथ्वीबहादुर सिंह बझाङ्गी राजा हुनुहुन्थ्यो। उहाँले १९५८ सालमा गोरखापत्र प्रकाशनमा ल्याएनु भएको थियो । उहाँले लेखेको अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । उहाँले प्राकृतव्याकरण नामको अर्को पुस्तक पनि लेख्नु भएको थियो। विसं १९९७ असोज १ गते उहाँको निधन भएको थियो ।
नेपालका राष्ट्रिय विभूतिहरु
१ गौतम बुद्ध
२ अंशुवर्मा
३ सीता
४ जनक
५ अरनिको
६ रामशाह
७ अमरसिंह थापा
८ पृथ्वीनारायण शाह
९ भानुभक्त आचार्य
१० भीमसेन थापा
११ बलभद्र कुँवर
१२ श्री ५ त्रिभुवन
१३ मोतीराम भट्ट
१४ शंखधर शाख्वा
१५ पासाङ ल्हामु शेर्पा
१६ महागुरु फाल्गुनन्द
१७ भक्ति थापा
१८ जय पृथ्वीबहादुर सिंह