१९ माघ, २०८१ शनिबार

11:34:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घट्यो

Nepal Business

७ असार, २०७९

जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घट्यो

काठमाण्डौं । सरकारले जेठ १ गतेदेखि लागु हुने गरी आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गर्यो । 

सरकारले इनधन खपत गर्ने भन्दै जेठ महिनाभर आइतबार सार्वजनिक बिदा दियो । तर सरकारले इन्धन खपदमा कुनै सुधार आएन । जसका कारणले

सरकारले असार १ गतेदेखि लागु हुने गरी आइतबारको सार्वजनिक बिदा हटायो । 

नेपाल आयल निगमले जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जानकारी दिएको छ । 

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत वैशाख महिनाको तुलनामा गत जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको बताउनुभयो । 

चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर भएकामा वैशाखमा करिब चार हजार किलोलिटर खपत बढेर ६७ हजार किलोलिटर पुगेको निगमले जनाएको छ।

तर जेठमा भने घटेर ५९ हजार किलोलिटरमा झरेको छ ।