१९ माघ, २०८१ शनिबार

11:33:26 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइतबारे बिदाले पेट्रोलको खपत ११ प्रतिशतले कमी

Nepal Business

६ असार, २०७९

सरकारले इन्धन खपत कम गर्न भन्दै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको र सो नियम जेठ महिनासम्म मात्र लागू भएको थियो ।

आइतबारे बिदाले पेट्रोलको खपत ११ प्रतिशतले कमी

काठमाडौँ, 

नेपाल आयल निगमले जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जनाएको छ । 

सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत वैशाख महिनाको तुलनामा गत जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जानकारी दिनुभयो । 

चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर भएकामा वैशाखमा करिब चार हजार किलोलिटर खपत बढेर ६७ हजार किलोलिटर पुगेको जनाइएको छ । जेठमा भने घटेर ५९ हजार किलोलिटरमा झरेको छ । 

सरकारले इन्धन खपत कम गर्न भन्दै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको र सो नियम जेठ महिनासम्म मात्र लागू भएको थियो । सरकारले असार १ देखि आइतबारको बिदा कटौती गरेको छ ।