७ मंसिर, २०८१ शुक्रबार
12:06:43 PM
२२ पुस, २०७८
देशमा उत्पादन हुने कुल ९७ हजार मेट्रिक टन माछा मध्य २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट आउँछ
२१ पुस, चितवन । चितवनको नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ । केही माछाका भूरा मकवानपुरका खोलामा समेत छाडिएको छ ।
विहिबार हेटौडाबाट ल्याएर यसरी माछाका भुरा छाडिएको हो । मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौँडाले छाडेका माछा रहु र नैनी जातका छन् । जलीय जैविक विविधता संरक्षण गर्ने र प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिवृद्धिका लागि स्थानीय जातको माछा नदीमा छाडिएको कार्यालय प्रमुख सरोजकुमार यादवले बताउनुभयो ।
कार्यालयले अघिल्लो वर्ष पनि नारायणीमा ४० हजार भुरा छोडेको थियो । यस पटक स्याङजास्थित काली नदी र कोशी नदीमा पनि माछाको भुरा छोड्ने योजना छ । यस अघि मकवानपुरको सामारी नदीमा पनी ३४ हजार माछा भुरा छाडिसकिएको छ ।
खोला नालामा फोहोर ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने लगाएतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जिवनस्थर विकासका लागि उक्त कार्यक्रम शुरु गरिएको हो
खोला नालामा फोहोर ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने लगाएतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जिवनस्थर विकासका लागि उक्त कार्यक्रम शुरु गरिएको हो । मेचीदेखि महाकालीसम्म कार्यक्षेत्र रहेको र नदी नालाको अध्यान गरी कुन माछा संकटमा छ त्यसको आधारमा माछालाई प्रर्वद्दन गर्न माछा भुरा छाँडिदै आएको उहाँको भनाइ छ ।
नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कुल ९७ हजार मेट्रिक टन माछा मध्य २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने गर्छ । प्राकृतिक जलाशयमा ४ लाख जनसंख्या निर्भर रहेको उहाँले बताउनुभयो ।
जलाहारी बोटे लगायतका समुदायको आयस्तर विकास गर्न र नदीनालाबाट माछा मारेर जिवन निर्वाह गर्ने समुदायको हितका लागि यो कार्यक्रम संचालन गरिएको यादव बताउनुहुन्छ । यसले पानीमा आश्रित गोही लगाएतका जनावरलाई समेत फाईदा पुग्छ ।