१७ बैशाख, २०८१ सोमबार

09:57:31 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रदेश नं १ : राजस्व र व्ययको अनुमानित बजेटमाथि छलफल

Nepal Business

६ असार, २०७९

सदस्य नवोलिताकुमार चौधरीले बजेटमा थारु जातिको आन्दोलनलाई उल्लेख नगर्नु आपत्तिजनक भएको भन्दै किसानले समयमै मलखाद, बीउबिजन पाउनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रदेश नं १ : राजस्व र व्ययको अनुमानित बजेटमाथि छलफल

प्रदेश १,

प्रदेश नं १ को आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको अनुमानित बजेटमाथिको छलफल सोमबार पनि जारी रह्यो । 

छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्य अम्बिका थापाले समग्रमा बजेट हेर्दा रामो भए पनि यसको सफलता कार्यान्वयनमा भर पर्ने भन्दै उदयपुरको बेलका क्षेत्रमा सप्तकोशी नदीका कारण केही बस्ती जोखिममा परेकाले बजेटले सम्बोधन गर्नुपर्ने माग गर्नुभयो ।

सदस्य उषाकला राईले बजेटमा महिला हिंसाअन्तर्गत आमा सम्मान कार्यक्रम नराखेको, विगतका सरकारका महत्वपूर्ण योजना र कार्यक्रम हटाएकोमा गुनासो गर्नुभयो । सदस्य तुलसीप्रसाद न्यौपानेले बजेटको तथ्य र तथ्याङ्क मेल नखाएको जानकारी दिँदै आगामी निर्वाचनलाई प्रभावित पार्ने कथा र हावादारी जस्तो भएको टिप्पणी गर्नुभयो । 

सदस्य नवोलिताकुमार चौधरीले बजेटमा थारु जातिको आन्दोलनलाई उल्लेख नगर्नु आपत्तिजनक भएको भन्दै किसानले समयमै मलखाद, बीउबिजन पाउनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य नारायणबहादुर मगरले बजेटले सबै क्षेत्र समेटेकाले खासै सुझाव दिनुपर्ने आवश्यकता नरहेको भन्दै कोरोनाका कारण थलिएका आशातित क्षेत्र पुनःसञ्चालनमा आउने भएकाले खुसी व्यक्त गर्नुभयो । सदस्य बलबहादुर साम्सुङहाङले विकास र साधारण खर्चको तालमेल बजेटमा राम्रो रहेको टिप्पणी गर्नुभयो ।

सदस्य राजकुमार ओझाले बजेटले आधारभूत तहका जनताले पाउने सेवा र सुविधामा नबोलेको कुरामा जोड दिनुभयो । सदस्य लछुमण तिवारीले बजेट वास्तविकताभन्दा फरक ढङ्गको आएकाले स्रोतको सुनिश्चितताका विषयमा मौन रहेको चर्चा गर्नुभयो । 

सदस्य लीला सुब्बाले आगामी आवको बजेटले विगतका सहिद परिवारलाई सम्बोधन गर्न रकम विनियोजन हुनु निकै राम्रो हो भन्नुुभयो । सदस्य शिवनारायण गनगार्इंले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिने कृषिमा विनियोजित रकम कम भएको विचार व्यक्त गर्नुभयो ।

सदस्य सञ्जाकुमारी दनुवारले संसद् विकास कोषबाट प्रत्येक सांसदले पाउने रु एक करोड बजेटबाट हामीलाई उत्साहित बनाएको चर्चा गर्नुभयो । 

सदस्य सीतादेवी थेवे जवेगुले बजेट समग्रमा राम्रो भएको र प्रत्येक सांसदलाई समान ढङ्गले बजेट विनियोजन हुनु निकै राम्रो रहेको बताउनुभयो । 

संसदको शून्य समयमा प्रदेशसभा सदस्य चुमनारायण तवदार, पदमकुमारी गुरुङ, वशन्तीदेवी यादव र सर्वध्वज सावाले मुलुकको जल्दोबल्दो स्थितिको बारेमा बोल्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक असार ७ गते दिउँसो १ बजे बस्नेछ ।