७ मंसिर, २०८१ शुक्रबार
11:29:44 AM
२२ पुस, २०७८
पुस २२, काठमाण्डौं
नेपाल सरकारको मन्त्रीपरिषद्ले बुधवार उखुको मूल्य ५ सय ९० रुपैयाँ तोकेको समाचार जताततै आयो । हामीले पनि यो समाचारलाई सप्रेषण गर्न उँखु किसानहरुलाई सम्पर्क गर्दा उहाँहरुले पनि ५ सय ९० तोकिएको प्रति हाम्रो आपक्ती छ यसबारे हामी आन्दोलन गर्छौं भन्ने प्रतिक्रिया दिनुभयो । तर विहिवार मन्त्री परिषको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एंव सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उखुको मूल्य ५ सय २० रुपैयाँ तोकिएको जानकारी गराउनुभयो । यसले किसानलाई थप चिन्तित बनाएको छ ।
उँखुको मूल्य प्रति क्वन्टिल ६ सय ८० हुनुपर्ने माग राख्दै आएका किसानहरुलाई ५ सय ९० तोकिए भन्ने चर्चाले नै दुखीत बनाएको समयमा ५ सय २० तोकिएको जानकारी आएपछि यसले थप पिडामाथी पिडा थपिएको किसानहरुले प्रतिक्रिया दिनुभएको छ ।
उखु किसान र सरकारबीच लामो समयदेखि मूल्य निर्धारणको विषयमा विवाद हुँदै आइरहेको छ । यस वर्ष पनि उखु किसानले पुसको अन्तिम सातामात्र उखुको समर्थन मूल्य पाएका छन् ।
उखु किसान संघर्ष समिति सचिव हरिश्याम राईले सरकारले निर्धारण गरेको ५ सय ९० रुपैयाँ न्यून भएको बताउनु भयो । अहिले प्रतिक्विन्टल ५ सय ९० मात्र निर्धारण गर्दा किसानको लागत नै लगभग ४ सय २० रुपैयाँभन्दा बढि परेको छ । प्रतिक्विन्टल १ सय ७० रुपैयाँमात्र क्विन्टलमा पाउँदा किसानको मेहनत, उनीहरुको खर्च धान्नै पुग्दैन । सरकारले आफुखुशी कसरी मूल्य निर्धारण ग¥यो हामी किसानलाई थाहा छैन भन्दै गुनासो गर्नु भयो ।
त्यसैगरी नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले सरकारले उखुको मूल्य प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ निर्धारण गर्नु पर्ने बताउनु भयो । तर सरकारले किसानको माग अनुसार मूल्य निर्धारण नगरी प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ निर्धारण गर्दा किसान मारमा परेको बताउनु भयो ।