२६ बैशाख, २०८१ बुधबार

04:22:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

३४ वटा वायुयान ‘नाइट–स्टप’ पार्किङ काठमाडौँबाहिर जानु पर्ने

Nepal Business

५ असार, २०७९

उहाँका अनुसार अनुमति लिएका हेलिकप्टर र वायुसेवाले आफ्ना जहाज मोफसलमा अनिवार्य राख्नुपर्ने निर्णयसमेत गरिएको छ ।

३४ वटा वायुयान ‘नाइट–स्टप’ पार्किङ काठमाडौँबाहिर जानु पर्ने

काठमाडौँ,
हेलिकप्टर तथा जहाज पार्किङका लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ वटा हेलिकप्टरलाई अबदेखि ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौँबाहिर अनिवार्य जानुपर्ने निर्णय गरेको छ ।

प्राधिकरणको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘नाइट–स्टप’ पार्किङका लागि विमानस्थलमा ठाउँ अभाव भएको भन्दै व्यावसायिक उडान गर्ने नौवटा वायुसेवाका ४८ मध्ये २० वटा जहाज पनि ‘नाइट–स्टप’ पार्किङका लागि बाहिर जानुपर्ने निर्णय गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । 

प्राधिकरणको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘नाइट–स्टप’ पार्किङका लागि विमानस्थलमा ठाउँ अभाव भएको भन्दै व्यावसायिक उडान गर्ने नौवटा वायुसेवाका ४८ मध्ये २० वटा जहाज पनि ‘नाइट–स्टप’ पार्किङका लागि बाहिर जानुपर्ने निर्णय गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । 
उहाँका अनुसार अनुमति लिएका हेलिकप्टर र वायुसेवाले आफ्ना जहाज मोफसलमा अनिवार्य राख्नुपर्ने निर्णयसमेत गरिएको छ । 

प्राधिकरणले गरेको सो निर्णय यही असार ७ गतेदेखि हेलिकप्टर र १३ गतेदेखि जहाजमा अनिवार्य कडाइका साथ लागू हुने नेपाल प्राधिकरण (क्यान)का महानिर्देशक ई प्रदीप अधिकारीले बताउनुभयो ।

प्राधिकरणले गरेको सो निर्णय यही असार ७ गतेदेखि हेलिकप्टर र १३ गतेदेखि जहाजमा अनिवार्य कडाइका साथ लागू हुने नेपाल प्राधिकरण (क्यान)का महानिर्देशक ई प्रदीप अधिकारीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपालको उड्डयन सुरक्षा अभिवृद्धि गर्ने नीतिअनुसार प्राधिकरणले ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौँबाहिर अनिवार्य जानुपर्ने निर्णय गरिएको छ । कडाइका साथ निर्णय लागू गरिनेछ ।”

प्राधिकरण मातहतको फ्लाइटअनुसार नेपालमा ३६ वटा हेलिकप्टर रहेको बताइएको छ । अबका दिनमा हेलिकप्टर र वायुसेवाले काठमाडौँ विमानस्थलमा तोकिएको सङ्ख्याभन्दा बढी जहाज पार्किङ गर्न पाउने छैनन् । 

सङ्घीयताको मर्मअनुसार प्रदेशको अर्थतन्त्र चलायमान बनाउन र प्रदेशका सर्वसाधारणले आफ्नो समयअनुसार केन्द्रीय राजधानीमा आउन यो समानताको निर्णयले अझ सहज हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले अपेक्षा लिएको छ ।

यसैगरी राज्यले भिभिआइपीको सूचीमा राखेका व्यक्तिले अबका दिनमा एकल पाइलटद्वारा सञ्चालन हुने हेलिकप्टर चार्टर उडानमा यात्रा गर्न नपाउने भएका छन् ।