२० माघ, २०८१ आइतबार

12:40:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पहिराका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा पुनः यातायात सञ्चालन

Nepal Business

५ असार, २०७९

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गत मङ्गलबार वर्षासँगै आएको पहिराका कारण अवरुद्ध भएको थियो । हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

पहिराका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा पुनः यातायात सञ्चालन

मकवानपुर, 
पहिराका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको छ । 

पहिराका कारण केही दिनदेखि अवरुद्ध हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्ग सिस्नेरी सडकखण्डमा आज आइतबारदेखि यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

पहिराका कारण केही दिनदेखि अवरुद्ध हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्ग सिस्नेरी सडकखण्डमा आज आइतबारदेखि यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गत मङ्गलबार वर्षासँगै आएको पहिराका कारण अवरुद्ध भएको थियो । 
हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

यस्तै पहिराकै कारण केही दिनदेखि अवरुद्ध कान्तिराजपथ सडकखण्डमा पनि आजदेखि यातायात सञ्चालनमा आएको छ । विभिन्न स्थानमा गएको पहिराका कारण अवरुद्ध सडकखण्डमा बिहानदेखि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।