१० मंसिर, २०८१ सोमबार
06:25:10 PM
५ असार, २०७९
काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगर भित्रको घर र जग्गा भाडामा लगाउने काम कम्पनीमार्फत हुने बताउनुभएको छ ।
मेयर साहले आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभा बैठकमा प्रस्तुत गर्दै घर र जग्गा भाडाको काम कम्पनीमार्फत गराउने बताउनुभएको हो ।
उहाँका अनुसार घरजग्गा बहालमा लगाउँदा भाडामा लिनेले तिर्ने रकम एउटा हुने र उक्त घर तथा जग्गा भाडामा लगाउँदा भएको आम्दानी वापत घर तथा जग्गा धनीले तिर्ने आयकरमा अपारदर्शीता बढेको भन्दै महानगरले कम्पनीमार्फत भाडामा लगाउने व्यवस्थाको घोषणा गरेको हो ।