२३ बैशाख, २०८१ आइतबार

07:17:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिङगापुर र मलेसियामा सम्पन्न हुने जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को नोमिनेशन सम्पन्न

Nepal Business

५ असार, २०७९

सिङगापुर र मलेसियामा सम्पन्न हुने जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को नोमिनेशन सम्पन्न

काठमाण्डौँ । श्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यका  साथ जम्बुलिङ फिल्मस प्रा. लि.ले आयोजना गरेको जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को नोमिनेशन कार्यक्रम सम्पन्न भएको छ ।

काठमाण्डौंको चावहिलस्थित चलचित्र बिकास बोर्डको हलमा वरिष्ठ चलचित्र निर्देशक एंव चलचित्र बिकास बोर्डका पुर्वाध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै वरिष्ठ चलचित्र निर्देशक एंव चलचित्र बिकास बोर्डका पुर्वाध्यक्ष दयाराम दाहालले जनजाती मुलमा अर्गानिक कथा रहेको बताउनुभयो । 
उहाँले पछील्लो समयमा आएका गीत संगीतहरु फास्ट फुड जस्ता भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अहिलेका गीतहरु फास्टफूड जस्ता भएका छन । गीतमा झल्किने मौलिकता हराउदै गएको हामी पाउँछौ । सिमित कोठामा बसी गीत लेख्नु राम्रो हुँदैन ।’

यस्तै कार्यक्रमका विशेष अतिथिको रुपमा बोल्नुहुँदै वरिष्ठ कलाकार उत्तम केसीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमका विषेश अतिथी राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्ष श्याम धितालले अवार्ड कार्यक्रमले कलाकारलाई थप प्रोत्साहन मिल्ने बताउनुभयो । 

अवार्डको फाइनल कार्यक्रम सिंगापुर र मलेसियामा गरिने जम्बुलिङ फिल्मस् प्रा.लि.का प्रबन्ध निर्देशक राजकिङ वाइबाले बताउनुभयो । उहाँले अवार्ड निष्पक्ष हुने समेत बताउनुभयो । 

त्यसैगरी जुरीतर्फको जिम्मेवारी चिफ जुरी डिका गुरुङ, पवन वाङ लामा, मित्र देव गुरुङ,हेम वाइबा, सागर एस वाइबा र छुल्ठिम गुरुङ्ले सम्हालेका छन । कार्यक्रमको अन्त्यमा कला सांस्कृतिको संरक्षण र सम्बर्द्वनका लागि प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सहयोग गर्ने एक दर्जन भन्दा धेरैलाई मायाको चिनो प्रदान गरेका थिए । ४८ वटा विधामा रहेको अवार्ड गत चैत्र २६ गतेदेखि वैशाख ३० गते सम्म आवेदन खुल्ला गरेको थियो ।