७ जेठ, २०८१ सोमबार

06:06:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आफू आधिकारिक केन्द्रीय सदस्य भएको चौधरीको दावी, व्यवसायभन्दा राजनीतिमा चर्चित विनोद चौधरी (विज्ञप्ती सहित )

२२ पुस, २०७८

आफू आधिकारिक केन्द्रीय सदस्य भएको चौधरीको दावी, व्यवसायभन्दा राजनीतिमा चर्चित विनोद चौधरी (विज्ञप्ती सहित )

नेपालका चर्चित व्यवसायी विनोद चौधरी राजनीतिक वृतमा पनि चर्चामा हुनुहुन्छ । जसरी उहालेँ व्यवसायीक सफलताका खुड्कीला चढनुभयो, त्यसरी नै राजनीतिमा पनि । नेपाली कांगे्रसका सांसद रहेका चौधरी अहिले केन्द्रीय सदस्य हुनुभएको छ।

केन्द्रीय सदस्य चौधरीले आफु पार्टीको विधान र विधिवत रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४ औँ महाधिवेशनमा निर्वाचित भएको बताउनुभयो । नेपाली कांग्रेसको विधान अनुसार १० वर्ष पार्टी सदस्य भएका मात्र केन्द्रीय सदस्य हुन पाउने व्यवस्था रहेको छ। तर विनोद चौधरी पार्टी सदस्य भएको १० वर्ष नपुग्दै भर्खर सम्पन्न कांगे्रसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उँहाका निकटतम प्रतिद्धोन्दी सुभाषचन्द्र यादवले अदालतमा पुद्दा दायर गरेपछि यो विषय बाहिर आएको हो। यसै विषयलाई लिएर चौधरीले बिहीबार आफ्नो स्पष्टीकरण विज्ञप्ती मार्फत दिनुभएको छ।