२१ बैशाख, २०८१ शुक्रबार

06:51:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतद्धारा श्रीलंकालाई ४० हजार मेट्रिक टन डिजेल सहयोग

Nepal Business

५ असार, २०७९

भारतद्धारा श्रीलंकालाई ४० हजार मेट्रिक टन डिजेल सहयोग

एजेन्सी । चरम आर्थिक संकट खेपिरहेको श्रीलंकालाई भारतले सहियोग गर्दै आएको छ । यसैलाई निरन्तरता दिँदै भारतले ४०,००० मेट्रिक टन डिजेल सहयोग गरेको हो । 

भारतले श्रीलंकाको आवश्यकता पूरा गर्न पेट्रोल, डिजेल र मट्टितेललगायत इन्धनको धेरै ढुवानी आपूर्तिगरेको छ ।

यस्तै भारतले श्रीलंकालाई खाद्यान्न र औषधिलगायत मानवीय सहयोग गर्दै आएको छ ।

बिहीबार, हनबनटोटास्थित भारतीय महावाणिज्य दूतावासले मतारा जिल्लाको अकुरासामा चामल, दूधको धुलो वितरण सुरु गरेको हो ।

यो तमिलनाडुबाट ४० हजार मेट्रिक टन चामल र ५ सय मेट्रिक टन दूधको धुलो श्रीलंकामा वितरण गरी मानवीय सहायताको एक हिस्सा हो।  जाफना र मन्नारका परिवारहरूलाई पनि यी सामग्रीहरू वितरण गरिएको छ।

भारतले धेरै अस्पताल र श्रीलंकाको एम्बुलेन्स सेवा सुवा सेरियालाई जीवन बचाउने औषधि र आपूर्तिहरूको खेप पनि पठाएको छ । भारतले २०१६ मा यो निःशुल्क प्रि–हस्पिटल एम्बुलेन्स सेवा स्थापना गर्न मद्दत गरेको थियो ।