२२ माघ, २०८१ मंगलबार
11:37:24 AM
२२ पुस, २०७८
पुस २२, काठमाण्डौं
आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ४३ लाख नाघेको छ । विभिन्न सरकारी कामका साथै तलबभत्ता भुक्तानीमा लागि समेत प्यान अनिवार्य गरे पछि प्यान लिनेको संख्या बढ्दै गएको हो।
अर्थमन्त्रालयका प्रवक्ता रितेश शाक्यका अनुसार २०७८ कात्तिकसम्ममा प्यान नम्बर लिनेको संख्या ४३ लाख ४८ हजार ९ सय ३७ पुगेको छ । २०७८ असारसम्ममा प्यान लिनेको संख्या ४० लाख ६३ हजार १ सय ३१ थियो । चालु आवको कात्तिक मसान्तसम्ममा प्यान लिने ३ लाखले बढेका छन् ।
सरकारले एक हजारभन्दा माथिको भुक्तानी र विभिन्न सरकारी कामका लागि प्यान नम्बर अनिवार्य गरेसँगै प्यान लिनेको संख्यामा उलेख्य बृद्धि भएको हो ।