२० बैशाख, २०८१ बिहिबार

09:46:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६६ लाख बराबरको सामान बरामद, छैन बिलबिजक

Nepal Business

४ असार, २०७९

६६ लाख बराबरको सामान बरामद,  छैन बिलबिजक

पर्सा । बिलबिजकभन्दा बढी मूल्यको सामग्री लोड गरिएको अवस्थामा पर्सा प्रहरीको टोलीले एउटा ट्रक नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ । 

ट्रकमा रहेका सामानको  ६६ लाख ८८ हजार २४२ मूल्याङ्कन गरी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पठाइएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । 

विशेष सूचनाका आधारमा बिलभन्दा बढी मूल्य बराबरको विभिन्न किसिमका मेडिकल तथा खुद्रा सामान लोड गरिएको ना ५ख ९६७५ नं को ट्रक प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको थियो ।